Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Veterinary Hospital and livestock Center, Accham

ACHHAM

अछाम सुदुरपश्चिम प्रदेशको मध्येपहाडी जिल्ला हो जसमा १० वटा स्थानिय तहहरु छन ४ नगर पालिका ६ गाँउ पालिका रहेका छन २ संघिय निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र जहाँको १६९२ कि मि क्षेत्रफल रहेको र ५४० मिटर देखि ३८२० मिटर सम्म उचाइ रहेको छ । पुर्वमा दैलेख र कालिकोट पश्चिममा बझाङ्ग डोटी खप्टड राष्ट्रीय निकुन्ज उत्तरमा कालिकोट र बाजुरा जिल्ला दक्षिणमा डोटी कैलालि र सुर्खेत जिल्ला अवस्थित छन । यस जिल्लाको जनसंख्या बसाइ सराइले गर्दा घट्दो दरमा छ । हाल २०७८ जन जणना अनुसार महिला १२३५२२ र पुरुष १०५३१९ जना गरी जम्मा २२८५५२ जना रहेको छ ।कूल खेतियोग्य जमिन ५६३४१ हेक्टर मा ४२४१३ हेक्टर मा खेति गरीएको छ । अछाम जिल्लामा रहेका स्थानीय तहहरुको विवरण स्थानीय तहको नाम र यसको विवरण १ मंगलसेन नगरपालिका समावेश गाविस / नगरपालिका बान्नातोली, बस्ती, कालागाउँ गा.वि.स. र यस नगरपालिका हाल जम्मा वडा संख्या १४ जनसंख्या ३२३३१ क्षेत्रफल (वर्ग कि.मी.) २२०.१४ छ २ कमलबजार नगरपालिका समावेश गाविस कुईका (१-५), वीरपथ, घोडासेन (२-६) र यस नगरपालिका वडा संख्या १० जनसंख्या २३७३८क्षेत्रफल (वर्ग कि.मी.) १२०. छ । ३ साँफेबगर नगरपालिका समावेशगाविस,बुढाकोट, घुघुरकोट. देवीस्थान, खप्तड, वाब्ला र पातलकोट गा.वि.सहरु र यस नगरपालिका वडा संख्या १४ जनसंख्या३३७८८ क्षेत्रफल (वर्गकि.मी.)१६६.७१ ४ पन्चदेवल विनायक साविककागाविस नगरपालिका कुईका(६-९),विनायक,कालिकास्थान,लयाटी,तोली,पुल्लेतोला,वारला र कालेकाँडा गरि जम्मावडा९ जनसंख्या२७४८५ क्षेत्रफल १४७.७ ब किमि छ ५ चौरपाटी गाउँपालिका साविकका गा विसहरु सिउडी, सोकट, पायल, लुग्रा, दुनि र मार्कु गरि जम्मा वडा ७ जनसंख्या २५१४९क्षेत्रफल १८२.१६बर्गकिमि छ । ६ मेल्लेख गाउँपालिका साविका गा विसहरु ऋषिदह, ठाँटी, कुस्कोट विन्धवासिनी, शोडषा, नन्देगडा र हात्तिकोट गरि जम्मा वडा ८ जनसंख्या२४६७०क्षेत्रफल१३४.७८बर्गकिमि छ । ७ बान्निगढी जयगढ गाउँपालिका साविका गा विसहरु गाँज्रा, जनालीकोट, बरदादेवी, तिमिल्सेन, कालिका र दर्ना गरि जम्मा वडा ६ जनसंख्या१७३५९ क्षेत्रफल ५८.२६बर्गकिमि छ ८ रामारोशन गाउँपालिका साविका गा विसहरु मलातिकोट, चाफमाण्डौ, शान्तडा, बाटुलासेन, रामारोशन भाटाकाटीया र सुतार गरि जम्मा वडा७ जनसंख्या२५१६६ क्षेत्रफल१७३.३३बर्गकिमि छ । ९ ढकारी गाउँपालिका साविका गा विसहरुढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन (१,७,८,९) गरि जम्मा वडा ८ जनसंख्या२१५६२ क्षेत्रफल२२७.८८बर्गकिमि छ । १० तुर्माखाँद गाउँपालिका साविका गा विसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गरि जम्मा. वडा ८ जनसंख्या २४९४० क्षेत्रफल२३२.०७बर्गकिमि छ । यस जिल्लामा जम्मा वडा ९१ जनसंख्या २५६१८८ क्षेत्रफल १६६३.८६ ब कि छ ।